रामगोपालपुर –२ मा यसकारण जित निकाल्दै एमाले

banner

बर्दिवास, ८ मंसिर । रामगोपालपुर नगरपालिकाको वडानं. २ मा हुन गइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा(एमाले) ले जित हासिल गर्ने प्रसस्त आधारहरू रहेका छन् । वडाको विकासमा एमालेका जनप्रतिनिधिको चासो यसको पहिलो आधार भएको बताइएको छ ।

रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडा एमालेले जितेकाले उपनिर्वाचनमा त्यसको प्रभावसमेत पर्ने आँकलन छ । सोही वडाका मतदातासमेत रहेका मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज यादवका कारण एमालेको पक्षमा मतदाता आकर्षित हुने अर्को आधार रहेको स्थानीय बताउछन् । सबैभन्दा प्रमुख त नगर र प्रदेशले सो वडामा गरेको विकासका लगानी रहेको छ ।

गौशाला–सम्सी–जलेश्वर सडकखण्डदेखि पूर्व बर्दिवास– रामगोपालपुर –जलेश्वर सडकखण्डदेखि पश्चिम पर्ने सो वडा केही पहिलेसम्म सडकको हालत खारव थियो । तर, अहिले दुवैतर्फको मुख्य सडक पुग्ने सडक कालोपत्रे भएको छ भने भित्री सडक, गल्ली ढलानमा परिणत भएका छन् । सिंचाईका लागि सरोज यादवको सक्रियतामा र नगरको समन्वयमा खेतखेतमा बोरिङ्ग गाडिएका छन् । सो वडामा मात्र १० भन्दा बढी बोरिङ्ग गाडिएको बताइएको छ ।

गत निर्वाचनमा माओवादीले जित्दा कांग्रेस दोश्रो र जसपा तेश्रो र एमाले चौथो भएका थिए । मत संख्या चारै दलको एकपछि अर्कोको मतान्तर ५० देखि ७० को हाराहारीमा थियो । जित्नेले ४३३ ल्याउँदा दोश्रो हुनेको ३७५ तेश्रोे हुनेले ३४२ र चौथो हुनेले २७८ मत पाएका थिए । पहिले तेश्रो ३४२ मत ल्याउने जसपाका सकिबुल खाँ त्यसपछि एमालेमा प्रवेश गरेका र उनै सकिबुललाई यसपटकको एमाले उम्मेदवारका लागि चौथो हुनेलेनै पहिलो प्रस्ताव गरेकाले उनको जित सुनिश्चितजस्तै भएको हो ।

आगामी मंसिर १६ गते हुने निर्वाचनका लागि अहिले सो वडामा जोडतोडले प्रचार–प्रसार भइरहेको छ । एमालेकातर्फबाट सूर्यध्वजावाहक सकिबुल खाँसहित २० जना उम्मेदबार मैदानमा छन् । माओवादीको चुनावचिन्हबाट निर्वाचित निवर्तमान वडाध्यक्ष मुकेश यादवको मोटरसाइकल दुर्घटना परेर मृत्यु भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार