रास्वपाका मनिष झालाई एमाले सांसद सूर्य थापाको खुला पत्र (जस्ताको तस्तै)

banner

प्रिय साथी माननीय मनिष झाजी

संग्रामी अभिवादन !

तपाईं शालीन, भद्र, तर्कशील र तथ्ययुक्त समझदार व्यक्ति हुनुहुन्थ्यो, सायद अझै र अहिले पनि हुनुहोला नै !

राजनीतिक प्रतिशोधको यहाँहरूको हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको परिसरमा पुगेर फुस्स हुनपुगेको अवगत नै भएको होला। सम्मानित अदालतलाई स्वतन्त्रता र निर्भिकतापूर्वक काम गर्न अवरोध गरेर यहाँहरूले कात्तिक ३ गते देखि नै दुनियाँलाई आश्चर्यचकित र लज्जित तुल्याउनु भएकै छ।

को रास्वपाको चौअन्नी हो कि होइन ? यसमा दुनियाँलाई छु मतलब ? खासमा त्यो भिजिलान्ते जत्था रास्वपा र अभियुक्त रवी लामिछानेको भजनमण्डलीका रूपमा त्यहाँ तैनाथ थियो, जसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्द आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ। सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र अपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ।

उल्टै यहाँले जारी गरेको वक्तव्यमा एक मधेसीमूलका बौद्धिक व्यवसायीमाथि भएको ज्यादतीमा अर्को मधेसी मूलकै विधायकले तथ्यको ढाकछोप गर्न र बारदातमा संलग्नता लुकाउन गरेको अनुचित कोसिस देख्दा तपाईंहरूको ुनयाँ र जान्नेु भन्ने दावीसमेत खोक्रो बकवास रहेको तथ्य उदांगो भएको छ।

तपाईंको पार्टीद्वारा परिचालित भइरहेको भेंडा जमातले सोसल मिडिया त प्रदुषित गरेकै छ, जसले अश्लील, छाडा र यहाँ लेख्नसम्म नसकिने शब्दमा गालीगलौज गरेर संसदीय समितिका सभापति, वकिल, पत्रकार, यतिसम्मकि न्यायाधीशलाई सम्म प्रशंसा र गाली दुबै गरिरहेको छ।

आफ्नै जत्थाले गरेको कुकर्म र अपराधमा यति निरीहता प्रदर्शन गरेर वक्तव्य दिनुपर्ने दुःख किन बेसाउनु भएको होला रु सहकारीका पीडकको पक्षमा बहस गर्न आफैले सरकारलाई कार्यान्वयन गर्न निर्णय गरेको प्रतिवेदनको सिफारिसविपरीत सांसदको लोगो कालो कोटमा टाँसेर अदालतको इजलासमा पुग्ने माननीय महोदय रहेको समुहबाट कस्तो नैतिकता र आचारसंहिताको अपेक्षा गर्ने ?

ठोकेर भन्न सकिन्छ( दिनेश त्रिपाठीमाथिको आक्रमण सहकारी ठगहरूले गरेको हो। तिनलाई पीडितको पक्षमा बोल्ने, लेख्ने र बहसपैरवी गर्ने ज‍ोकोही व्यक्ति सैह्य छैनन्। तपाईंको नजिकै आडमा बसेर संप्रेषण गरिरहेका यूटुबर, पेज र अन्य परिचालित मिडियामा पनि तथ्य स्पष्टै छ।
आगे यहाँको मर्जी।

२०८१ माघ ३ काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार