
बर्दिवास, २ असोज । नेकपा( एमाले) बर्दिवास नगर कमिटीको आयोजनामा बुधबार जेन –जेड आन्दोलनका शहीदहरूको सम्मानमा दीप प्रज्वलन र मौन धारण गरिएको छ ।

बर्दिवासको सिन्धुली रोडस्थित तीनकुने चोकमा नेपालको नक्सा, नेपाली झण्डा बनाएर दीप प्रज्वलन गरिएको थियो । सो क्रममा शोकसभाको आयोजना गर्दै मृतक आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।

बुद्धचोकमा पनि शोक मनाइयो
बर्दिवास –२ स्थित जलेश्वर –बर्दिवास सडकमासमेत जेन –जेड आन्दोलनका शहीदरूको सम्मानमा शोक मनाउनुका साथै दीप प्रज्वलन गरिएको थियो ।
स्थानीय जेन – जेड समूहका युवाले स्वस्फुर्तरूपमा यो कार्यक्रमको आयोजना गरेको सोही टोल निवासी फौलसिंह श्यांङ्वाले बताए ।

