आजदेखि वडादशैं सूरु

banner

बर्दिवास, ६ असोज । आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।

सूर्योदयदेखि १० घडीसम्मको समयमा शुद्ध स्थानमा घटस्थापना गरी तिलको तेलद्वारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ। पूजा कोठा वा दसैँ घरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर पवित्र बनाउनु पर्दछ । घट भन्नाले घडा ९कलश० लाई जनाउँदछ भने स्थापना भन्नाले स्थापना गर्ने कार्य । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरु, घण्टी बजाउँदै सप्तशती चण्डी पाठ गरी दुर्गा भवानीको स्तुति गान गर्नुपर्दछ । पूजामा दुर्गाको नौ दिन आजबाट नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको जितको सन्देश फैलाइन्छ ।

दुर्गाको आवाहन गर्दै पूजा गर्ने ठाउँलाई कलश ९पवित्र जल राखिएको घडा० लाई शुद्ध जलले भरि पञ्चपल्लव ९बर, पिपल, समी, आँप, डुम्री० राखिन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरी जमरा उमारिन्छ । दशमीको दिन देवीको प्रशादको रुपमा जमरालाई शिरमा राखिन्छ जसलाई शुभता र आशीर्वादको प्रतीक मानिन्छ ।

पूजामा शक्तिस्वरूपा दुर्गा भवानीको नौरुप–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाका नामले पनि प्रसिद्ध छ । फूल, धूप, दियो, जल र अन्नको प्रयोग गरी मन्त्र जप र स्तोत्र पाठ गरिन्छ ।

प्रमुख शक्ति पीठहरू भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, खाँडादेवी, कालीमाई लगायत देशका अन्य स्थानका शक्ति पीठमा समेत दुर्गा भवानीको पूजा गरिन्छ । त्यसै गरी देवदेवीका मन्दिर र शक्ति पीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ ।

महासिद्धिप्रदं धम्र्यं सर्वशत्रुनिबर्हणम् ।

सर्वलोकोपकारार्थं विशेषादतिवृष्टिषु ।।

क्रत्वर्थ ब्राह्मणाहीश क्षत्रियैर्भूमिपालने ।

गोधनार्थं विशा वत्स १ शूद्रैः पुत्रसुखार्थिभिः ।।

सौभाग्यार्थं स्त्रिया कार्यमाख्यैश्च धनकाङ्गिभिः ।

महाव्रतं महापुण्यं शङ्कराडद्यैरनुष्ठितम् ।।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार