banner

काठमाडौं, १६ असोज । बडादसैँको दशौँ दिन आज नवदुर्गा भवानीको प्रशादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँको चोक चोकमा बिक्रीका लागि राखिएको छ । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् । प्रति टपरी १०० देखि १५० रुपैयाँ सम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए ।


