महोत्तरीमा बाढीको ताण्डवले पाँच पालिका जलमग्न

banner

बर्दिवास, २० असोज । महोत्तरीमा रातु नदीमा आएको बाढीले जनताको तटबन्ध भत्काएर बाढी बस्ती पस्दा पाँचवटा पालिकाको अधिकांश भाग जलमग्न बनेको छ ।
महोत्तरी गाउँपालिका, बलवा नगरपालिका, जलेश्वर नगरपालिका, मनरा सिसवा नगरपालिका र एकडाँडा गाउँपालिका जलमग्न बनेको छ ।

जलेश्वर कारागरमा समेत पानी जम्दा कैदीबन्दीलाई माथिल्लो तलामा सारिएको छ । भंगहा नगरपालिका, बलवा नगरपालिका, औरही नगरपालिका र बर्दिबास नगरपालिकाका २२ घरपरिवारका १२२ जनालाई उद्धार गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उत्तरमा अहिलेसम्म मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार