कांग्रेस नेता अफताव आलमको निधन

banner

बर्दिवास, २२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सांसद मो. अफताव आलमको मृत्यु भएको छ । केएमसी अस्पतालमा उपचारकै क्रममा बिहान साढे २ वजे उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।‍

२०६४ को चुनावी तयारीको क्रममा रौतहटमा बम बिस्फोटमा घाइते भएकोहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको उनलाई आरोप थियो । उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि गत जेठमा उनी थुनामुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार