
काठमाडौं: पुर्वप्रधानमन्त्री तथानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन्।
पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको भन्दै सरकारप्रति प्रश्न उठाएका हुन्।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’
सरकारले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको ओलीको आरोप छ ।यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरूसँग भएको ओलीको दाबी छ।अध्यक्ष ओलीले मुलुकलाई सही बाटोमा ल्याउन संसद पुनर्स्थापना एक मात्र विकल्प भएको बताए।
‘अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ’ अध्यक्ष ओलीले भने ‘यदि यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस् । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ ।’
