सिमरा घटना : जेनजी समूहलाई प्रशासनले बोलायो वार्तामा

banner

काठमाडौँ : सिमरामा प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरूलाई बारा प्रशासनले वार्तामा बोलाएको छ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

जेनजी समूहका जिल्ला संयोजक सम्राट उपाध्याले आफूहरूमाथि कुटपिट गर्नेहरूलाई कारबाही हुनुपर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालयले भने घटनामा संलग्न २ जनालाई पक्राउ गरिसकेको जनाएको छ। जिप्रकाले विज्ञप्ति सार्वजिनक गरेर पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु भइसकेको जनाएको छ।

एमालेबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का कैमुद्दीन अन्सारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार