माइतिघरमा एमालेलको ‘नेसनल भोलेन्टियर फोर्स’र जेनजी घाइतेको छुट्टाछुट्टै प्रदर्शन

banner

काठमाडौं: नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा जेनजीका घाइतेहरूले त्यहाँ उपस्थित हुन नदिने चेतावनी दिदै विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले आफूहरू न्यायका लागि लुडिरहेको भन्दै माइतीघरमै केहीबेर अघिबाट बिरोध प्रदर्शन सुरु गरेका हुन्।एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणागर्ने कार्यक्रम रहेको छ।एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमालेनिकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छ्न् ।

उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन-जी घाइतेहरू अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् ।

बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ।

एमालेले पार्टीभित्रका नीति तथा नेतृत्वको सुरक्षा, जनसुरक्षा र विपद्व्य-वस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित नेशनल भोलेन्टियर फोर्स बनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार