२२ प्रतिशत नेपाली बिरामीले एन्टीबायोटिकको डोज नै पूरा गर्दैनन्

banner

काठमाडौं: सामान्य रुघाखोकीमा पनि आजभोली मानिसहरु छिटै सन्चो हुने मनशायले सिधै एन्टीबायोटिकको प्रयोग गर्ने गरेको पाइन्छ।अझै गम्भिर कुरा बिरामीले चिकित्सको सिफारिस (प्रेस्क्रीप्सन)  बिनानै फार्मेसी पसलमा गएर एन्टीवायोटिक आफूखुसी किनेर खाने गर्छन। यो निकै गम्भिर बिषय हो।

केही समय अघि गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको एक अध्ययन अनुसार नेपालमा २८ प्रतिशत बिरामीले अहिले पनि ‘ओभर द काउन्टर’ औषधि पसलमा गएर चिकित्सकको  प्रेस्क्रीप्सन बिना नै एन्टीबायोटिक किनेर खाने गरेको देखाएको थिषो।

यो मात्रै होइन चिकित्सकले प्रेस्क्रीप्सन गरेर एन्टिवायोटिक्स खानु पर्ने अवस्थामा पनि  २२ प्रतिशत नेपाली बिरामीले एन्टीबायोटिकको डोज नै पूरा गर्दैनन् । सबैभन्दा डरलाग्दो कुरा नै यही हो। किनकी एन्टिवायोटिक्स आफूखुसी किनेर खानु स्वास्थ्यको लागि जति घातक छ सो भन्दा दोब्बर घातक भनेको एन्टिवायोटिक्सको डोज पुरा नखानु हो। यसले भविष्यमा एन्टिवायोटिक्सले काम नै नगर्ने सक्ने (एन्टिमाइक्रोबियल रेजिस्टेन्स)को अवस्था आउन सक्ने विज्ञहरुले बताउदै आएका छन।

अनुसन्धान परिषदको उक्त अध्ययनले पनि नेपालमा ७० प्रतिशतले कडा खालको एन्टीवायोटिकको प्रयोग गर्छन । जसको कारण भनेको आफूखुसी एन्टिवायोटिक्स खरिद गरेर खानु वा पुरा डोजनै नखानु हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले जथाभावी एन्टिवायोटिक्स प्रयोग गर्दा हालका एन्टिवायोटिक्सहरुले कामनै नगर्ने अवस्था देखिन थालेकोमा सबै सचेत हुनु पर्ने बताउँछन। ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्सस्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आईरहेको छ | यसलाई समयमै सम्बोधन गर्न सकेनभने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति व्यहोर्नु पर्ने हुनसक्छ त्यसैले

‘एन्टीबायोटिक भनेको ब्याक्टेरियाले गराउने समस्या वा रोगमा मात्र काम गर्छ सामान्य भाइरल इन्फेक्सन निको बनाउन यसको कुनै भूमिका छैन भन्ने कुरा बुझ्नैपर्छ । अनि मात्र एन्टीबायोटिकको जथाभावी प्रयोग रोक्न सकिन्छ । यसको लागि हामी स्वास्थ्यकर्मी तथा धेरै एन्टिवायोटिक्स प्रयोगहुने अस्पतालहरुमा पनि यसको प्रयोग सचेत रुपमा गर्नु पर्ने हुन्छ”स्वास्थ्य सचिव डा देवकोटाले भने।

वरिष्ठ स्वास्थ्यकर्मी समेत रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले पनि अहिले जथाभावी एन्टिवायोटिक्सको प्रयोग गर्दा भोली विरामी भएर अस्पताल पुग्दा विभिन्न प्रकारका एन्टिवायोटिक्स औषधीहरूको प्रयोग गर्दा काम नगर्दा– अति नै कडा खालका औषधीहरू दिनुपर्ने र त्यो औषधीले पनि निको नहुने अवस्था सिर्जना हुन सक्ने जोखिम बढ्ने हुँदा बेलैमा सचेत रहनु पर्ने बताउछिन। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा स्वास्थ्य मन्त्री डा शर्माले भनेकी छन ‘अस्पतालहरूमा आइपुग्ने बिरामीहरूमा विभिन्न औषधीहरूले काम नगर्दा–नगर्दा  अति नै कडा खालका औषधीहरू दिनुपर्ने र त्यो औषधीले पनि निको नहुने अवस्था सिर्जना हुन सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार