
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर बालेन साहलाई भेटेर निस्किएका छन्।
भेटका बारेमा उनले पत्रकारहरुसँग कुनै जवाफ दिएनन्।
ललितपुरको कुपण्डोलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरबाट बालेनलाई भेटेर निस्कँदै गर्दा संचारकर्मीले रविलाई घेरेर प्रश्न गरेका थिए। तर रविले जवाफ दिनुको साटो प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’
यद्यपि रविले बाँकी कुरा भने बताउँन चाहेनन् । सो क्रममा सञ्चारकर्मीहरुले ‘बालेनले घण्टी बजाउने कि लौरो समाउने ?’ भन्दै प्रश्न गरेका थिए । रविले त्यो समयले बताउने प्रतिक्रिया दिँदै वार्ता स्थलबाट बाहिरिए ।
वार्तामा भएको कुराबाट थप पत्रकारले प्रश्न गर्दा रविले ‘मेरो अनुहारले के बताउँछ ?’ भन्ने प्रतिप्रश्न गरेका थिए ।
आगामी निर्वाचनमा एक भएर जाने गरी रास्वपा र बालेनको समूह तयारीमा जुटेको छ । त्यसैका लागी बालने विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेका छन् ।
यसअघि सोमबार राति कमलपोखरीमा सभापति लामिछाने र मेयर बालेनबीच पनि छलफल भएको थियो छलफलमा अहिलेको सरकारले नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले गर्ने छलफल भएको थियो । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले सम्हाल्ने र बालेनले सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।
यस्तै बुधबार राति पनि बालेनले विभिन्न व्यक्तिहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा सिके राउत, रेशम चौधरी, डा। भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी समेत छलफलमा सहभागी थिए ।
त्यस्तै आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा र कुलमानले समेत बालेनलाई भेटेका थिए ।
