जाँचबुझ आयोगमा बयानका लागि जान तयार भए रमेश लेखक

सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने
banner

काठमाडौं:नेपाली कांग्रेसका नेता एवम तत्कालीन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्।बिहीबार कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आयोगमा बयानमा दिन जाने बताएका हुन्।

उनले भने, जाँचबुझ आयोगले भोलिलाई बोलाएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले मंगलबार तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।त्यसपछि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको प्रसंगमा छलफल भएको थियो ।

बैठकमा सहभागी नेताहरूले आयोगमा उपस्थित भएर बयान दिनु उपयुक्त हुने सुझाव दिएका थिए।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार