banner

काठमाडौं: ललितपुरको ज्वागलमा अहिले बालेन शाहको देश विकास पार्टीको कार्यालय बन्दै छ। केही दिनदेखि बालेन रास्वपासँग जोडिने भन्दै रास्वपा सभापति रवि लामिछानेसँग निरन्तर संवादमा छन्।
यदि रास्वपासँग कुरा नमिले यहि घर बालेनको देश विकास पार्टीको कार्यालय हुनेछ। बाहिरी संरचना बनिरहेको उक्त घरको भित्रि कोठाहरूमा अफिस सेटअपको काम पनि थालिएको छ।
केही दिनदेखि बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट छलफल गरिरहेका छन्।
