
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल जारी रहेको छ ।
बालेन र कुलमानबीच एक भएर ‘देश विकास’ एजेन्डामा पार्टी अघि बढाउने विषयमा यसअघि नै करिब सहमति जुटिसकेको थियो ।
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि सहकार्य गर्ने विषयमा घनिभूत छलफल चलेको थियो ।
यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए ।
भावी राजनीतिक सहमति जुटाउने प्रयास स्वरूप ज्वागलमै बालेनसँग रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन्।
