तोडियो संवादहिनता, प्रधानमन्त्री कार्की भेट्न एकैसाथ बालुवाटर पुगे ओली, देउवा र प्रचण्ड

banner

काठमाडौं:प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीचको वार्ता बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेकी हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो ।छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुगेका हुन ।

अहिले उनीहरूबीच छलफल चलिरहेको छ । गत भदौमा जेनजी आन्दोलन भएपछी ओली,प्रचण्ड देउवा पहिलो पटक बालुवाटार पुगेका हुन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार