फुटको डिलैमा काँग्रेस:शेखर कोइरालारोक्न सक्रिय,संस्थापन र महाधिवेशन दुवै पक्षसँग संवादमा

banner

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पार्टी विभाजन रोक्न संस्थापन र महाधिवेशन दुवै पक्षसँग संवाद गर्ने भएको छ ।

आज बिहान बालुवाटारस्थित निवासमा कोइराला पक्षको बसेको बैठकले डा.शेखरसहित उपसभापति धनराज गुरुङ र नेता डा.मिनेन्द्र रिजाललाई सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग वार्ताका लागि जिम्मा दिएको छ ।

कोइराला पक्षको बैठकमा हिजो भृकुटीमण्डपको उद्घाटन सत्रमा पुगेका नेताहरू पनि पुगेका थिए । उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सुनिल शर्मा, चतुरबहादुर चन्दलगायतका नेता बालुवाटार पुगेका थिए ।

स्रोतका अनुसार, पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ र विद्यमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार