कांग्रेस संस्थापन पक्ष केन्द्रीय समितिको बैठक र इतर पक्ष उम्मेदवारी दर्तामा जुट्दै

banner

काठमाडौं, ३० पुस । रातभर सहमतिको प्रयास भए पनि नेपाली कांग्रेसको संस्थापन पक्ष केन्द्रीय समितिको बैठक र इतर पक्ष विशेष महाधिवेशनमा जुटेको छ ।

मंगलबार बिहान ११ बजे, पछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केहीबेर बसेर बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

विशेष महाधिवेशन पक्षधर नेताहरू बैठकमा सहभागी भएका छैनन् । मंगलबारदेखि शुरु भएको मनोनयन आज पनि कांग्रेस केन्द्रीय समिति बैठककै समयमा बिहान ८ बजेदेखि ९ बजेसम्म जारी रहने तालिका सार्वजनिक भएको ।

रातभरको प्रयासमा के के भयो खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार