
बर्दिवास, ३ माघ । नेपाली कांगेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासंग दुईटा कुराको अपैक्षा राखेको बताएका छन् । उनले एक–दुई दिनमै आफूहरू सबै एकै ठाउँमा हुने विश्वास व्यक्त गरेका छन् ।
सभापति थापाले निवर्तमान सभापति देउवाले सबै साथीहरूलाई एक ठाउँमा उभिन आह्वान गरिदिनु हुने बिश्वास व्यक्त गरेका छन् । उनले भनेका छन् ‘उहाँ हाम्रो अभिभावक हो । उहाँको अनुभव र आशिर्वाद हामीलाई चाहिन्छ ।’ थापाले देउवालाई संरक्षकको भूमिकामा बसीदिन आग्रह गरेका छन् ।
उनले भने उनले भने, ‘म पार्टीको वरिष्ठ नेता डा. शेखर कोइरालाबाट पनि त्यही कुराको अपेक्षा गर्छु। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यही अपेक्षा गर्छु। र मलाई के विश्वास छ भने हामी एक(दुई दिन भित्रमा तपाईँहरूले हामी सबै नेपाली कांग्रेस पार्टीका साथीहरूलाई एक ठाउँमा बसेर एक ढिक्का भएर छलफल गरिरहेको संवाद गरिरहेको र निर्णय गरिरहेको देख्न पाउनुहुन्छ।’
