
काठमाडौं, ५ पुस । केही समयअघि रास्वपा छाडेकी सुमना श्रेष्ठले नेपाली कांग्रेसबाट चुनाव लड्ने योजना बनाइरहेको बुझिएको छ । श्रोतकाअनुसार उनले गगन थापासंग यस बारेमा कुरा गरिरहेकी छन् ।
सुमनाले काठमाडौं–४ बाट उम्मेदवार हुने इच्छा गगन थापासंग यस बारे कुरा गरेको र थापा सकारात्मक रहेको श्रोतले बताएको छ । सुमनालाई काठमाडौं – ४ छोड्नु परेको अवस्थामा गगन आफू काठमाडौं –१ वा सर्लाही –४ जान सक्ने बताइएको छ ।
जेन –जी आन्दोलनअघि नै सुमनाले रास्वपा त्यागेकी थिइन् । रास्वपाको समानुपातिक काटाबाट प्रतिनिधिसभा सदस्य भएकी उनी शिक्ष्षमन्त्रीसमेत भएकी थिइन ।
