
काठमाडौं, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी तेह्रथुममा विद्रोह भएको छ । पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर अमूक व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपा जिल्ला कार्यसमिति र सबै पालिका कमिटीका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
जिल्ला कमिटीले सुरेन्द्र कार्कीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । तर जिल्लाको सिफारिस विपरीत रास्वपा केन्द्रीय समितिले ऋतुराज लिम्बुलाई तेह्रथुममा उम्मेदवार बनाउने निर्णय गरेको छ । सो निर्णयको विरोधमा पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै राजीनामा बुझाइएको छ ।

