महोत्तरी –१ बाट २५ जनाले गरे प्रतिनिधिसभा सदस्यको उम्मेदवारी, कुन पार्टीबाट को ?

banner

महोत्तरी, ६ पुस । महोत्तरी जिल्ला निर्वाचन क्षेत्रनं. १ बाट मंगलबार २२ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । यी मध्यै १० जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा पहिलो नम्वरमा उम्मेदवारी दर्ता गराउनेमा नेकपा संयुक्तका मणिराज निरौला रहेका छन् भने अन्तिमा उम्मेदवारी दर्ता गराउने सुनैनादेवी कोइरी रहेकी छन् । उमेरगत हिसावले सबैभन्दा जेष्ठ ८१ वर्षीय प्रेमबहादुर राना रहेका छन् भने सबैभन्दा कान्छा २६ वर्षीय शिवनारायण महतो रहेका छन् । यी दुवै स्वतन्त्र उम्मेदवार हुन् ।

उम्मेदवारी दर्ता यस प्रकार रहेको छ
१. नेकपा संयुक्त – मणिराज निरौला
२. नेमकिपा – कृष्णश्वरी दुवाल
३. मंगोल ने.अ. – रमेशकुमार सिंह दनुवार
४. स्वतन्त्र – सचिन महतो
५. स्वतन्त्र – सुरेन्द्र महतो
६. नेकपा(एमाले) – लक्ष्मी महतो कोइरी
७. जसपा नेपाल – योगनारायण महतो
८. श्रम संस्कृति पार्टी – लिला दियाली
९. स्वतन्त्र सुनिल कुमार सिंह
१०. नेकपा गिरिराजमणि पोखरेल
११. रास्वपा ण् प्रमोद कुमार महतो
१२. नेपाली कांग्रेस मुकेश राज काफ्ले
१३. स्वतन्त्र सविता कुमारी देवी
१४.स्वतन्त्र – सोमिन्द्र सार्की
१५ आम जनतापार्टी – मुकेश साह
१६.स्वतन्त्र– टेकप्रसाद पोखरेल
१७. स्वतन्त्र – प्रेमबहादुर राना
१८. स्वतन्त्र – बौवेलाल महतो
१९. जनमत पार्टी – विरेन्द्र महतो
२०. स्वतन्त्र – परमेश्वर पासवान
२१. स्वतन्त्र – शिवनारायण महतो
२२. स्वतन्त्र – सुनैनादेवी कोइरी

२३. स्वतन्त्र – प्रमोदकुमार साह
२४. स्वतन्त्र – जीवनकुमार मगर
२५. राप्रपा – होमप्रसाद पोखरेल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार