आज उम्मेदवारलाई चुनाव चिन्ह प्रलान गरिने

banner

बर्दिवास, ९ माघ । निर्वाचन आयोगलेले आज दिउसोदेखि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको छ । यसअघि दिउसो १ वजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ । आजै दिनको १(३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । अपरान्ह ४(७ सम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार