बालेन भेटन रास्वपा उम्मेदवारको लर्को

banner

बर्दिवास, ११ पुस । झापासंगै पूर्वी पहाडको भ्रमण गरेर फर्केका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहलाई भेट्न सो पार्टीका विभिन्न क्षेत्रका उम्मेदवारको लर्को लागेको छ । खासगरी जित्नका लागि सकस देखेका उम्मेदवारले उनलाई गुहार लगाइरहेका छन् ।

आइतबार (माघ ११) बिहानैदेखि ललितपुर ज्वागलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा उनले नेताहरूसँग भेटघाट गरेका हुन् ।

रास्वपा नेता गणेश पराजुली, रञ्जु दर्शना, आशिका तामाङ, राजिव खत्रीलगायतका उम्मेदवारहरू उनलाई भेट्न पुगेका छन् ।

बालेनले देशैभर चुनावी क्याम्प्यानिङ गर्ने उम्मेदवारहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार