काठमाडौंसहित मधेशमा पनि बुधबार वर्षाको सम्भावना

banner

बर्दिवास, १२ माघ । मौसम वित्रान विभागले बुधबार काठमाडौंसहित मधेश हुँदै कोशी प्रदेशको केही भागसम्म वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार दिउँसो काठमाडौंमा र राति मधेशमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारी बताएका हुन् ।

‘यसअघिको प्रणाली गण्डकीबाट अगाडि बढ्न सकेन । यो प्रणाली भने केही ठूलो रहेकाले कोसी प्रदेशसम्मै पुग्छ,’ उनले भने, ‘बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ ।’

बुधबार रातिबाट काठमाडौंबाट यो प्रणाली मधेस हुँदै कोसी प्रदेशतर्फ जानेछ । ‘मधेसका केही भूभागमा हल्का वर्षा हुनेछ । कोसी प्रदेशमा पनि वर्षा हुनेछ,’ मौसमविद् अधिकारी भन्छन्, ‘बुधबार रातिबाातट नै कमजोर हुने यो प्रणाली बिहीबार नेपालबाट बाहिरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार