हरिबोललाई निश्कासन गर्दा प्रचण्डलाई झलनाथको धम्की

banner

बर्दिवास, १२ माघ । नैपाली कम्युनिष्ट पाटी(नेकपा) का नेता झलनाथ खनालले सो पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) लाई कडा धम्की दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता हरिबोल गजुरेललाई गरिएको कारवाही फिर्ता नभए एकीकरण प्रक्रियालाई नै अस्वीकार गर्ने आशयको भनाई सार्वजनिक गरेका छन् ।

खनालले फेसबुकमा लेखेका छन् ‘एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूला निर्णय गर्न थालिनु, कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारीसम्म नहुनु र एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना हुन् ।’

उनले भनेका छन्, ‘नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायकवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार