प्रचण्डको क्षेत्रमा एमाले र प्रलोपाको सहमति लागु नहुने

banner

काठमाडौं, १३ असोज । दुई दिनअघि नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बीच चुनावी सहकार्यको सहमति एमाले रुकुम पूर्वले अस्वीकार गरेको छ ।

एमाले रुकुम पूर्वमा उम्मेदवार बनेका लीलामणि गौतमले आज (मंगलबार) अध्यक्ष केपी ओलीलाई नै भेटेर त्यो क्षेत्र छाड्न नसकिने तथ्यांक देखाएर नछाड्ने समझदारी गरेको जनाएका छन् । रुकुम पूर्वका एमाले उम्मेदवार गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘जिल्ला जाने र चुनाव जितेर आउने’ भनेर शुभकामना दिएको भिडियो नै गौतमले सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् ‘केही दिनयता रुकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आजदेखि स्पष्ट भएको छ । रुकुम पूर्वमा ढुक्कसँग सूर्य चिन्हमा मतदान गर्न पाइन्छ आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौँ । अध्यक्षले त्यही शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार