
एजेन्सी, १४ माघ । भारत महाराष्ट्रका मुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । मुख्यमन्त्री पवारसंगै विमानमा सवार कोही जीवित नरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो। अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।
