बालेन अघिअघि सिक्रि चोर पछिपछि

banner

बर्दिवास, १६ माघ । रास्वपाका बरिष्ट नेता झापा –५ का प्रतिनिधि सभा उम्मेदर बालेन्द्र शाह बालेन अहिले चुनाव लक्षित देश दौडाहामा निश्किएका छन् । उनी संगै सिक्रि चोर पछिपछि लागेको खुलासा भएको छ । अछाममा सिक्रि चोरको अभियोगमा पक्राउ परेका ब्यक्ति सर्लाका भएकाले सिक्रि चोर उनीसंगै घुमेको खुलासा भएको हो ।

हीबार अछामको साँफेबगर नगरपालिका(४ छिपेखोलास्थित रास्वपाको पार्टी कार्यालय नजिकै आयोजित चुनावी भेटघाट कार्यक्रममा सिक्री चोरेको अभियोगमा पर्साको पकाहा मैनपुर गाउँपालिका(५ बस्ने ३१ वर्षीय उमेश राय पक्राउ परेका छन् । झलारीमा चोरी गर्ने पनि ती व्यक्ति नै रहेको मनोज र सञ्जीवको भनाइ छ ।

प्रहरीका अनुसार रायसहितको टोलीले बालेन सहभागी कार्यक्रममा हेर्न आएका ४ जनाको सिक्री लुटेका थिए । एउटै गाउँका ४ जनाको सिक्री चोरेर पाँचौँ महिलाको चोर्ने क्रममा उनी पक्राउ परेको इप्रका साँफेबगरका इन्स्पेक्टर दानसिंह भण्डारीले जानकारी दिए । चारजनाको सिक्री चोरी गरिसकेका थिए । त्यही क्रममा एक व्यक्ति पक्राउ परे अन्यको खोजी भइरहेको छ ’, उनले भने ।

अछाममा मात्रै ६ तोलाभन्दा बढी सिक्री चोरी भएको छ । पक्राउ परेका एक व्यक्तिबाट प्रहरीले एउटा सिक्रीसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ओमप्रकाश खनाल अन्यको खोजी भइरहेको बताउँछन् ।

‘अहिले हामीले एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ । अहिलेसम्म उसले आफू एकजना मात्रै भएको बताएको छ, तर हामीले भिडिओ फोटोहरूबाट अन्य व्यक्तिको पनि पहिचान गरिरहेका छौँ’, डीएसपी खनालले भने, ‘केही दिनमा सबै पक्राउ पर्छन् । ’

उनले पक्राउ परेका व्यक्ति पेशेवर चोर रहेको बताए । कञ्चनपुरमा बालेनको कार्यक्रममा सहभागी भएका सुन चोर फेरि अछाममा बालेनकै कार्यक्रममा कसरी समातिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बालेनको कार्यक्रममा भीड हुने र चोरी गर्न सहज हुने हुँदा सोही टोलीसँगै गिरोह पनि हिँडेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी जहाँ जान्छन् त्याहा सिक्रि चारी हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार