
काठमाडौं, २० माघ । खोखलढुङ्गामा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच ओहोरी दोहोरी चलेको छ । एमालेसंग रुष्ट भएका नेकपामा जाँदा त्यसका कारण रुष्ट भएका नेकपाका कार्यकर्ता एमालेमा आउने र जाने हुँदा ओहोरी दोहोर िचलेको हो ।
यस क्रममा भर्खरै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सीताराम गुरुङ एमाले प्रवेश गरेका छन् । उनले अस्मिता थापालाई जिताउने भन्दै एमालेमा प्रवेश गरेको बताइएको छ । नेकपाले एमालेबाट उम्मेदवारीको अघिल्लो दिन आउनेलाई टिकट दिएको बताउँदै रुष्ट भएर एमाले प्रवेश गरेका हुन् ।
यसअघि नेकपाले एमाले जिल्ला अध्यक्षसमेत रहेका अम्बिरबाबुलाई टिकट दिएर उम्मेदवार बनाएको छ । अस्मिता थापालाई एमालेले टिकट दिएपछि आफूहरूको उपेक्षा भएकोभन्दै उनीलगायत केही नेकपा प्रवेश गरेका हुन् । त्यसैगरी अम्बिरबाबुकै कारण अन्य पार्टीमा गएका र नेकपाका पुराना कार्यकर्ता एमालेतिर फर्किएका छन् ।
