बैठकमै ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

banner

विराटनगर, २४ माघ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक ९एसपी० राजेश घिमिरेको निधन भएको छ ।

मोरङको बिराटचोकमा शुक्रबार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल ९एसएसबी०का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए ।

उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार