banner

धनुषा, २६ माघ । धनुषा जिल्लाको हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको मृत्यु भएको छ । आज काठमाडौंस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
गत बिहीबार हृदयघातका कारण जनकपुरको न्यूरो हस्पिटलमा भर्ना गरिएको उनलाई शुक्रबार हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित यादवको नर्भिकमै मृत्यु भएको हो ।
