
बर्दिवास, २९ माघ । चालु टी –२० विश्वकपमा आज नेपाल इटालीसंग भिड्दैछ । नेपाल र इटालीबीच यो १३ वर्षपछिको भेट हो । नेपालले अभ्याससहित ३ दिनको आरामपछि समूह चरणको आफ्नो दोस्रो खेलमा बिहीबार इटलीसँग खेल्दैछ ।
पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यसकारण नेपाल र इटली दुवै पहिलो जितको खोजीमा हुनेछन् । यो खेलमा विजयी हुने टोलीले सुपर ८ सम्भावना कायमै राख्नेछ भने पराजित हुने टोलीलाई सुपर ८ को सम्भावना कठिन बन्नेछ ।
व्श्विकपमा आज तीन खेल हुँदैछन् जसमा पहिलो खेल पेललोकेले इन्टरनेशनल क्रिकेट स्टेडियम क्यान्डी, श्रीलंकामा र दोश्रो तेश्रो खेल भारतमा हुनेछ । नेपाल र इटालीबीचको खेल दिउसो ३.१५ वजे वानखेडे स्टेडियम मुम्बईका हुनेछ भने तेश्रो खेल भारत र नाविवियाबीच रुणजेटली स्टेडियम दिल्लीमा हुनेछ ।
हिजोको पनि तीन खेल भएका थिए जसमा साृउथ अफ्रिका, अष्ट्रेलिया र वेष्टइन्डिज विजयी भए । साउथ अफ्रिकाले दोश्रो सुपरभोभरमा अफगानिस्तानलाई ४ रनले हराएको थियो भने अष्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । तेश्रो खेलमा इङ्ल्याण्डलाई वेष्टइन्डिजले ३० रनले स्तब्ध बनाएको थियो ।
