फागुन १ गते काठमाडौंमा निषेधाज्ञा तोड्न दुर्गा प्रसाईको आह्वान, चुनाव हुन नदिने

banner

बर्दिवास, २९ माघ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न निषेधाज्ञा तोडेर एयरपोर्ट जान समर्थकहरूलाई आह्वान समेत गरेका छन् । ‘यो चुनाव होइन, यो देश विदेशीको हातमा सुम्पने खेल हो । त्यसैले चुनाव हुन दिँदैनौँ,’ उनले भने ।

प्रशासन र प्रहरी प्रमुखलाई चुनौती दिँदै प्रसाईँले भने, ‘राजा आउने कुरामा निषेध गर्ने को हो ? तिमीहरूसँग दम छ भने राजालाई हतकडी लगाएर देखाऊ । यदि तलमाथि गरियो भने भोलि नै निर्मल निवास घेरेर राजालाई नारायणहिटीमा लगेर गद्दीमा राख्छौँ ।’ उनले आफू पटक पटक जेल जान तयार रहेको तर देश सिध्याउने खेलको साक्षी नबस्ने बताए । उनले राजा ज्ञानेन्द्रलाई पनि अब डराएर नबस्न र जनताले बोलाइसकेकोले आँट गरेर अघि बढ्न सुझाव दिए ।

साईंले पत्रकार सम्मेलनमा विभिन्न भिडियो क्लिपहरू देखाउँदै नेपालमा ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ ९एनइडी० र पश्चिमा शक्तिको नाङ्गो हस्तक्षेप भइरहेको जिकिर गरे । उनले नेपालका पढेलेखेका र आफूलाई एलिट वर्ग ठान्नेहरू नै यो ‘डिप स्टेट’ को मतियार बनेको आरोप लगाए । प्रसाईंले सार्वजनिक गरेको भिडियो र मन्तव्यमा बालेन शाहजस्ता पात्रहरू विदेशी फन्डिङमा परिचालित भएको र उनीहरूले नेपालमा सामाजिक सञ्जालको एल्गोरिदम कब्जा गरेर जनमतलाई भ्रमित पारिरहेको दाबी गरियो ।

प्रसाईंले सन् २०१३ र १४ देखि नै नेपालमा ‘फ्री तिब्बत’ को एजेन्डा स्थापित गर्न पश्चिमाहरूले लगानी गरिरहेको दाबी गरे छन् । उनले अहिलेका नयाँ राजनीतिक दल र पात्रहरूलाई प्रयोग गरेर नेपालको हिमाली क्षेत्रमा नयाँ दलाई लामा जन्माउने र चीन विरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति बनिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार