बंगलादेशमा तारिक रहमान प्रधानमन्त्री बन्ने

banner

एजेन्सी, १ फागुन । तारिक रहमान २५ डिसेम्बर २०२५ मा ब्रिटेनबाट बंगलादेश फर्किएका थिए । उनको फर्किएको पाँच दिनपछि पूर्वप्रधानमन्त्री तथा उनकी आमा खालिदा जियाको निधन भयो । त्यसपछि बीएनपीको पूर्ण नेतृत्व उनको हातमा आयो ।

तारिकमाथि २००१ देखि २००६ को बीएनपी शासनकालमा भ्रष्टाचारका आरोपहरू लागेका थिए । २००७ मा अन्तरिम सरकारको समयमा उनी १८ महिना जेल बसेका थिए ।

पक्राउबाट बच्न २००८ मा उनी लन्डन भागेका थिए । त्यसबेला उनलाई उपचारका लागि देशबाहिर जाने अनुमति दिइएको थियो । त्यसपछि उनी देश फर्किएनन् ।

टाइम म्यागजिनका अनुसार, देशबाहिर बस्दा पनि बीएनपी मा तारिकलाई नै पार्टीको नेता मानिन्थ्यो । पार्टीको रणनीति, आन्दोलन र राजनीतिक निर्णयमा उनकै हात हुन्थ्यो ।

तारिक रहमान आफूलाई शान्त, सुन्ने र नीतिमा केन्द्रित नेता रूपमा प्रस्तुत गर्दै आएका छन् । उनी हरेक वर्ष ५ करोड रूख रोप्ने, ढाकामा नयाँ हरित क्षेत्रहरू बनाउने र प्राविधिक शिक्षालाई बढावा दिने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार