संखुवासभा र ताप्लेजुङमा भूकम्प

banner

काठमाडौं, १५ फागुन । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार