
तेहरान, २० फागुन । इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताको रूपमा छनोट गरिएको छ। इरानको शक्तिशाली विशेषज्ञ सभाले मोज्तबाको नामलाई अनुमोदन गरेको छ। इरान इन्टरनेशनलले स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको ठूलो दबाबमा विशेषज्ञ सभाले यो निर्णय गरेको बताइएको छ। मोज्तबाका बुबा र पूर्व सर्वोच्च नेता अली खामेनी तेहरानमा अमेरिका र इजरायली आक्रमणको अघिल्लो दिन शनिबार मारिएका थिए।
यद्यपि, इरानको सरकारी सञ्चारमाध्यमले अझैसम्म मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त गरिएको पुष्टि गरेको छैन। इरान इन्टरनेशनलले इरानको शक्तिशाली बल, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स को ठूलो दबाबमा मोज्तबाको नाम छनोट गरिएको बताइएको छ। यसले शक्ति संरचनामा आइआरजिसी को गहिरो प्रभाव देखाउँछ। इरानी क्रान्ति पछि विशेषज्ञहरूको सभाले सर्वोच्च नेता छनोट गरेको यो दोस्रो पटक हो। यसअघि मोज्तबाका बुबा अली खामेनी ४७ वर्षअघि १९८९ मा सर्वोच्च नेता निर्वाचित भएका थिए।
