
बर्दिवास, २० फागुन । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्।
घाइते हुनेमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का वडाध्यक्ष सोयब अन्सारी रहेका छन्। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। स्थानीय स्रोतका अनुसार विवाद चर्किँदै जाँदा झडप भएको हो। घटनापछि क्षेत्रमा तनाव उत्पन्न भएको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। घटना के विषयमा भएको छ, थप विवरण आउन बाँकी रहेको छ।
