आज निर्णायक युद्ध गर्ने पेण्टागनको प्रतिज्ञा, ‘जस्ताको तस्तै जवाफ दिने’ इरानी भनाई

अन्तराष्ट्रिय

तेहरान, २५ फागुन । पेन्टागन प्रमुख पिट हेग्सेथले इरान विरुद्धको लडाईमा अमेरिका ‘विजयी’ भएको घोषणा गरेका छन्, तर उनले युद्ध कहिले समाप्त हुन्छ भन्ने समयसीमा दिन अस्वीकार गरे, यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको उनको जवाफ थियो ।

हेग्सेथले मंगलबार पत्रकारहरूलाई अमेरिकाको तीन मुख्य उदेश्य रहेको जानकारी दिए ः पहिलो तेहरानको क्षेप्यास्त्र क्षमताहरूलाई निष्क्रिय पार्ने, दोश्रो उसको नौसेनालाई नष्ट गर्ने र तेश्रो इरानलाई आणविक हतियारहरू विहीन बनाउनु ।

‘शत्रु पूर्ण र निर्णायक रूपमा पराजित नभएसम्म हामी पछि हट्ने छैनौं,’ हेगसेथले भने।

‘हामी हाम्रो हाम्रो समय हाम्रो इच्छामा निर्भर छ। आज फेरि पनि, इरान भित्र हाम्रो सबैभन्दा तीव्र हमलाको दिन हुनेछ ।’

इरान पराजित भइरहेको वाशिंगटनको बारम्बारको दाबीकाबीच इरानी नेताहरूले त्यस्को खण्डन गर्दै प्रतिकार जारी राख्ने वाचा गरेका छन् ।

‘तपाईंभन्दा शक्तिशालीहरूले हाम्रो राष्ट्रलाई समाप्त गर्न सकेका छैनन्। प्रयास गर्नेहरू आफैं समाप्त भएका छन्,’ शीर्ष अधिकारी अली लारिजानीले मंगलबार एक सामाजिक सञ्जाल पोस्टमा भने।

इरानले आणविक हतियार बनाउने कुरालाई निरन्तर अस्वीकार गर्दै आएको छ र आफूहरू सधैं विश्व शान्तिका पक्षमा रहेको बताउदै आएको छ । यसअघि जुन २०२५ मा धेरै प्रमुख इरानी आणविक केन्द्रमा अमेरिकी आक्रमण पछि, ट्रम्पले अमेरिकाले इरानी आणविक कार्यक्रम ूनिमिट्यान्न बनाएको दावी गरेका थिए ।

इरानले अमेरिका–इजरायली आक्रमणमा आफ्ना सर्वोच्च नेता अली खामेनीसहित १२५० जनाको मृत्युको पीडाका बीच करारा जवाफ दिएको छ ।

इरानी सेनाले खाडी देशहरूमा रहेका तेल केन्द्रमा पनि आक्रमण गरेको छ र ऊर्जा व्यापारको लागि प्रमुख ढुवानी मार्ग, होर्मुजको जलडमरूम बन्द गर्न धेरै हदसम्म सफल भएको छ, जसले गर्दा इन्धनको मूल्य बढेको छ।

सोमबार राति, ट्रम्पले इरानलाई यदि तेल ढुवानीलाई जलडमरूबाट जान नदिएमा ूइरान आफ्नो क्रोधको आगोमा जल्ने धम्की दिएका थिए ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवको रूपमा काम गर्ने लारिजानीले अमेरिकी राष्ट्रपतिलाई जवाफ दिँदै भने कि होर्मुजको जलडमरूम ‘सबैका लागि शान्ति र समृद्धिको जलडमरूम हो र युद्धप्रेमीहरूका लागि पराजय र पीडाको जलडमरूम हो ।’

शीर्ष अमेरिकी जनरल डान केनले भने कि अमेरिकी सेनाले खाडीमा ‘रुबी सुरुङ बिछ्याउने तथा अवरोध गर्ने जहाजहरूको खोजी र प्रहार’ जारी राखेको छ।

ट्रम्पले गत हप्ता भनेका थिए ‘अमेरिकी नौसेनाले सुरक्षा सुनिश्चितताका लागि जलडमरूमरूमबाट तेल जहाजहरूको स्कर्टिङ गर्नेछ ।’

तर केनले मंगलबार भने ‘जलमार्ग पुनः खोल्न अमेरिकी सेना प्रयोग गर्ने निर्णय गरिएको छैन। यदि एस्कर्ट गर्ने काम दिइयो भने, हामी त्यसो गर्न सक्षम हुन सैन्य अवस्थाहरू क्ष्मता हेर्नेछौं ।’

गत हप्ता, इजरायलले तेहरानमा तेल डिपोहरूमा आक्रमण गर्‍यो, जसले गर्दा शहरभरि आगो लाग्यो र धुवाँको मुस्लो फैलियो। युद्धका केही कट्टर समर्थकहरूले पनि यो कदमको आलोचना गरेका छन्।

हेग्सेथले स्वीकार गरे कि द्वन्द्वको लागि इजरायलको आफ्नै नियम छन् । उनले भने कि इरानी ऊर्जा पूर्वाधारमा आक्रमण अमेरिकी उद्देश्य थिएन।

युद्ध कति समयसम्म चल्नेछ भनेर सोध्दा, हेग्सेथले भने ‘यो राष्ट्रपतिको इच्छामा निर्भर छ, र हाम्रो काम दिइएको टास्क अथक रूपमा पूरा गर्नु हो। अब, उहाँले थ्रोटल नियन्त्रण गर्न पाउनुहुन्छ। उहाँ निर्णय गर्ने व्यक्ति हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार