सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

banner

लहान, २८ फागुन । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी तथा प्रवक्ता रमेश बहादुर पालका अनुसार उक्त वस्तु प्रेसर कुकर बम रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएका छन् ।

उनले जिल्ला अदालत अगाडि भएको विस्फोटमा परी मधेश ल फर्मका सञ्चालकका छोरा २८ वर्षीय सौरभ यादव घाइते भएको जानकारी दिए। घाइते यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बम किन र कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार