
जर्जिया, २८ फागुन । जर्जियामा एक हाई स्कूलका शिक्षकलाई उनका विद्यार्थीहरूले गरेको ट्वाइलेट पेपर प्र्याङ्कका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४० वर्षीय शिक्षक जेसन ह्युजेस रहेका छन् । विद्यार्थीहरूले मजाक गर्दै उनको घर नजिकै रुखमा ट्वाइलेट पेपर फ्याँकिरहेका थिए । घरभित्रबाट यो दृश्य हेरिरहेका उनी एक्कासी दगुर्दै घरबाट निश्के । उनको उदेश्य विद्यार्थीलाई सरप्राइज दिनु थियो ।
तर ह्युजेस पानीमा चिप्लिएर भुइँमा लडे, र विद्यार्थीहरू दुई छुट्टाछुट्टै कारमा भाग्न खोज्दा, एउटा कारको चालकले उनलाई अनजानमा किचे, प्रहरीले भन्यो।
कार चलाउने विद्यार्थीलाई सवारी ज्यानको आरोप मुद्दा लगाइएको छ । तर शिक्षकको परिवार यो मुद्दा फिर्ता गरियोस भन्ने चाहन्छन् ।
मृतक शिक्षक विद्यार्थीका प्रिय भएकैले उनलाई जानी जानी जिस्क्याउन खोजेका जेसन ह्युजेसकी श्रीमती लौरा ह्युजेसले भनेकी छन् । उनले भनिन् ‘पति विद्यार्थीहरूको प्रिय थिए, उनलाई ठट्टाको बारेमा थाहा थियो । ’ उनी पन््््् िउत्साहित थिए र उनी विद्यार्थीलाई पक्राउ गर्न दाउ हेरिरहेका थिए लौराले भनेकी छन् ।
कार चालक द्यिार्थी १८ वर्षीय जेडेन रायन वालेस रहेको बताइएको छ । । वालेस र संलग्न अन्य चार १८ वर्षीय किशोरहरूलाई पनि आपराधिक अतिक्रमण र निजी सम्पत्तिमा फोहोर फाल्ने आरोप लगाइएको छ।
ह्युजकी श्रीमतीले सबै विदार्थीलाई दोष मुक्त गर्दै रिहा गर्न माग गरेकी छन् । ‘यो एउटा भयानक दुर्घटना हो, र हाम्रो परिवार यी विद्यार्थीहरूको जीवन बर्बाद गर्ने अर्को छुट्टै त्रासदी हुनबाट रोक्न चाहन्छ’ उनले भनेकी छन् । ‘यो जेसनको यी बालबालिकाको जीवनमा लगानी गर्ने आजीवन समर्पणको विपरीत हुनेछ।’
समुदायका सदस्यहरूले ह्युजले शिक्षण र पढाएको स्कूलको अगाडि एउटा स्मारक स्थापना गर्ने भएका छन् ।
