विच्छाका लागिे प्रदेश सभाको ढोका बन्द

banner

बर्दिवास, २९ फागुन । सर्वोच्च अदालतले राप्रपाबाट निष्कासित मधेश प्रदेश सभा सदस्य कन्चन बिच्छाको रिट खारेज गरेको छ । न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाईपछि शुक्रवार रिट खारेज भएको हो ।

नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा पार्टीको निर्देशनविपरित सहभागी भएपछि उनलाई फिर्ता बोलाएको थियो । पार्टीको निर्देशन नमानेपछि उनीमाथि अनुशासनको कारवाही गर्दै राप्रपाले प्रदेश सभा सदस्यबाट पदमुक्त गराएको थियो ।

समानुपातिक सांसद बिच्छा आफ्नो पद बहालीको माग लिएर सर्बोच्चमा गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार