इरान युद्धको आलोचनात्मक कभरेजको लागि ट्रम्प प्रशासनद्वारा समाचार संस्थाहरूलाई धम्की

अन्तराष्ट्रिय

वासिंगटन, १ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरान विरुद्धको युद्धको बारेमा आलोचनात्मक रिपोर्टिङ गरेको आरोप लगाउँदै समाचार संस्थाहरूको प्रसारण इजाजतपत्र रद्द गर्न सकिने चेतावनी दिएको छ। ट्रम्प प्रशासनले त्यस्ता समाचार संस्थाले मिडियालाई ‘विकृत’ पारेको आरोप लगाएको छ ।

संघीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले शनिबार एक सामाजिक सञ्जाल पोस्टमा लेखेका छन् ‘प्रसारकहरूले ‘जनहितमा काम गर्नुपर्छ’ अन्यथा आफ्नो इजाजतपत्र गुमाउने छन् ।’

ूझुटा समाचार र समाचारमा विकृति फैलाउने प्रसारकहरू ( जसलाई नक्कली समाचार पनि भनिन्छ ) अब आफ्नो इजाजतपत्र नवीकरण आउनु अघि आफ्नो बाटो सच्याउने मौका छ’ कारले लेखे।

यो चेतावनी कारको पछिल्लो स्पष्ट धम्की हो, जसले बारम्बार मिडियाहरूलाई ट्रम्पको कामहरू पछ्याउन दबाब दिदै आएका थिए ।

गत वर्ष, कारले एबीसी च्यानलमा प्रशारण हुने –लेट नाइट शो’ का प्रस्तोता हास्य कलाकार जिमी किमेललाई आफ्नो आचरण बदल्न धम्की दिएका थिए । यो शोमा किमेलले राष्ट्रपतिको आलोचना गर्दै आएका थिए । कारको यो धम्कीपछि एबीसीले कारको सो कार्यक्रमलाई अस्थायीरूपमा हटाएको थियो ।

कारको पछिल्लो भनाईका विषयमा राजनीतिज्ञहरू र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले निन्दा गरेका छन् । निन्दा गर्नेहरूले कारकोको टिप्पणीलाई सेन्सरशिपसँग तुलना गरेका छन् ।

हवाइका सिनेटर ब्रायन स्काट्जले पनि कारको समर्थन गर्दै लेखेका छन् –‘यो युद्धका समाचार सकारात्मक ढंकले कभरेज गर्न स्पष्ट निर्देशन हो, अन्यथा लाइसेन्स नवीकरण नहुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार