प्रधानमन्त्री कार्कीको राजनीतिक नियुक्तिको बिदाई उपहार

banner

काठमाडौं, १ चैत । चुनाव सम्पन्न गराएर वाहीवाही पाइरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार गरेको एउटा सानो निर्णयले ‘दाँतमा ढुंगा’ लागे जस्तो भएको छ । सामाजिक सञ्जालहरूमा उनको निर्णयको आलोचना भइरहेको छ । निर्णय हो( जाँदाजाँदै आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई दिएको प्रकृति संरक्षण कोषको नियुक्ति ।

जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रश्न गरेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ रु यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’

उनले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झना पनि गरेकी छन् । रक्षाको चेतावनी छ’,होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’

मन्त्रिपरिषद्को बैठकले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय पनि गरेको थियो । तर यो निर्णय भन्दा बढी आलोचना चाहिँ प्रमुख स्वकीय सचिव श्रेष्ठको नियुक्तिप्रति भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार