युक्रेनले क्षेप्यास्त्र अभावको सामना गरिरहेको छ : जेलेन्स्की

अन्तराष्ट्रिय

किभ, ४ चैत । भ्लादिमिर जेलेन्स्कीले मध्यपूर्वमा भइरहेको युद्धका कारण युक्रेनले रूससँग लड्न प्रयोग गर्ने क्षेप्यास्त्रहरूको अभावको सामना गर्नु परको बताएका छन् ।

बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा, युक्रेनी राष्ट्रपतिले भने ‘रूसका भ्लादिमिर पुटिनले अमेरिका, इजरायल र इरानबीच युद्ध लम्वियोस भन्ने छन् । किनभने अमेरिकी श्रोत साधन इरान युद्धमा प्रयोग हुँदा कीभ कमजोर हुनेछ ।’,

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति रुस– युक्रेन युद्धमा पहिलेदेखि तटस्थ थिए र छन् । किनभने उनी रुसलाई चिढ्याउन चाहदैनन् भन्ने दावी गरेका छन् । ट्रम्प र बेलायती प्रधानमन्त्रीबीच इरान युद्धलाई लिएर चलेको मनमुटावलाई चिन्ता व्यक्त गर्दै उनले दुवै नेतालाई भेट वार्ताद्वारा समस्या सुल्झाउन आग्रह गरेका छन् ।

इरान युद्ध तेस्रो हप्तामा पुग्दा मध्यपूर्वका खाडीदेशभरी फैलिएको छ र इरानले अमेरिका र इजरायलको हमलाको बदलामा छिमेकी राज्यहरूमाथि प्रहार गरिरहेको छ।

जेलेन्स्कीले युक्रेनको युद्धको प्रभावको बारेमा आफूलाई धेरै राम्रो गरी जानकारी भएको बताउँदै इरानसंगको शान्ति तर्फको वार्ता निरन्तर स्थगित भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले यो अवस्थाले पुटिनलाई फाइदा पुर्‍याइरहेको छ टिप्पणी गर्दै भने ‘उसले तेलको भाउ बढाउन पाइरहेको छ । जुन युक्रेनका लागि समस्या हो । यसको अर्थ रुसको शस्त्र भण्डार भरिने र युक्रोनको खाली हुँदै जाने स्थिति आउँछ ।’

‘पुटिनको लागि, इरानमा लामो युद्ध एक प्लस हो,’ उनले भने। ‘ऊर्जाको मूल्यको अतिरिक्त, यसको अर्थ अमेरिकी शस्त्र भडार घट्नु, वायु रक्षा प्रणालीको कमी हुनु पनि हो। यसले युक्रेनलाई पनि समस्यामा पार्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार