युद्धकाबीच नयाँ वर्षको अवसरमा इरानी सर्वोच्च नेताको सन्देश

banner

तेहरान, ७ चैत । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले फारसी नयाँ वर्षको अवसरमा दिएको लिखित सन्देशमा इरानका शत्रुहरू पराजित भइरहेको बताएका छन । जबकि अमेरिका र इजरायलले देशमाथि आक्रमण जारी राखेका छन्।

शुक्रबार इरानी टेलिभिजनमा पढिएको एक विज्ञप्तिमा, खामेनीले इरानी जनताले नयाँ वर्ष मनाउने दृढताको प्रशंसा गर्दै उनले राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा अन्तर्गत प्रतिरोध अर्थतन्त्रको वर्षको सुरुवात भएको बताए ।

‘हाल, तपाईंहरू, हाम्रा देशबासीहरू उत्पतिका हिसावले धार्मिक, बौद्धिक, सांस्कृतिक रराजनीतिक भिन्नता भए पनि विशेष एकताको कारण शत्रु पराजित भएको छ’ उनले भने।

फेब्रुअरी २८ मा युद्धको सुरुवातमा आफ्ना बुबा, अयातोल्लाह अली खामेनीको हत्या पछि, सर्वोच्च नेता बनेदेखि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।

‘अमेरिका र इजरायलले एक वा दुई दिनको आक्रमण गरेपछि इरानी जनताले सरकारलाई उखाल्नेछन् भन्ने विश्वास गरेकामा उनीहरूको आशा निरासामा परिणत भएको छ ’ खामेनीले सन्देशमा भनेका छन् ।

‘यदि शासनको शिर्ष र केही प्रभावशाली सैन्य व्यक्तित्वहरू शहीद भए भने, यसले हाम्रा प्रिय जनतामा डर र निराशा जगाउनेछ … र यस माध्यमबाट, इरानमाथि प्रभुत्व जमाउने र पछि यसलाई टुक्राटुक्रा पार्ने सपना साकार हुनेछ भन्ने भ्रममा युद्ध सुरु गरिएको थियो,’उनले भने।

यो बीचमा बरु, ‘शत्रुमा एक फाटो देखा परेको छ,’ उनले थपे।

इरानी संविधान आफैंमा शक्ति शून्यताको भविश्यलाई ध्यानमा राखेर तयार पारिएको थियो, जसले प्रणालीलाई अधिकतम झटकाको अवस्थामा पनि बचाउने क्षमता प्रदान गर्दछ।

खामेनीले टर्किए र ⁠ओमान विरुद्धको आक्रमणमा इरान वा यसका सहयोगी सेनाहरू जिम्मेवार रहेको कुरा पनि अस्वीकार गरे।

ती इरानका शत्रुले ‘छिमेकीहरू बीच कलह रोप्न प्रयोग गरिएको झूटा फण्डा’ घटनाहरू थिए, र त्यो अन्य देशहरूमा पनि हुन सक्छ’ उनले दाबी गरे।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले गत हप्ता नाटोको हवाई रक्षाले इरानबाट प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोकेको बताएको थियो। सोहर प्रान्तमा ड्रोन खसेपछि ओमानमा दुई जनाको मृत्यु भएको थियो।

सर्वोच्च नेताले अफगानिस्तान र पाकिस्तानलाई पनि लडाईं अन्त्य गर्न आह्वान गरे र आफू सहयोग गर्न तयार रहेको बताए।

‘हामी हाम्रा पूर्वी छिमेकीहरूलाई हाम्रो धेरै नजिक ठान्छौं’ सर्वोच्च नेताले भने ‘म हाम्रा दुई भातृ देशहरू, अफगानिस्तान र पाकिस्तानलाई एकअर्कासँग राम्रो सम्बन्ध स्थापित गर्न अपील गर्दछु ।’

हप्ताको घातक हिंसा पछि, यस हप्ता मुस्लिमहरूको ईद अल(फित्रको बिदाको समयमा छिमेकी देशहरूले शत्रुतामा अस्थायी ूविरामू गर्न सहमत भए।

इरानको सर्वोच्च नेताको रूपमा आफ्ना मारिएका बुबाको स्थान लिएपछि मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार