
बर्दिवास, ११ चैत । आजदेखि तीन दिन लगातार नेपालका उच्च पदस्थको सपथ ग्रहणको कार्यक्रम रहेको छ । आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य, भोली प्रतिनिधि सभाका सबै सदस्य र पर्सी प्रधानमन्त्रीको सपथ राखिएकाले लगातार तीन दिने सपथ कार्यक्रम भएको हो ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
बुधबार (चैत ११) बिहान ११ः१५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
बुधबार ९चैत ११० बिहान ११स्१५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसद सबैलाई यही चैत १२ गते पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
