
काठमाडौं, ११ चैत । भदौ २३ र २४ गते संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार गरेको आफ्नो प्रतिवेदनमा विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीहरूलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ। आयोगले मुख्य गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘फौजदारी लापरवाही’ र जिम्मेवारीबाट पन्छिएको भन्दै दोषी ठहर गरेको छ। ४ घण्टासम्म गोली चल्दा पनि स्थिति नियन्त्रणमा लिन ठोस पहल नगरेको र मानव अधिकारको गम्भीर उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ।
आयोगले ओली र लेखकसहित तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई घटनाको मुख्य जिम्मेवार मान्दै मुलुकी अपराध संहिता बमोजिम ‘लापरबाहीपूर्ण कार्य’ मा कारबाही गर्न सिफारिस गरेको छ ।
कारबाही सिफारिस प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरू
गोकर्णमणि दुवाडी : तत्कालीन गृह सचिव।
राजु अर्याल : तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक ।
हुतराज थापा : तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग।
छविराज रिजाल : तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौँ।
सिद्धिबिक्रम शाह : प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख।
ओमबहादुर राना : प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी।
विश्व अधिकारी : प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर।
दीप शम्शेर जबराः प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी।
ऋषिराम कँडेल : प्रहरी उपरीक्षक, विशेष कार्यदल।
दानबहादुर कार्की : प्रहरी अतिरिक्त महानिरीक्षक, हतियार सुरक्षामा ध्यान नपुर्याएको र सरुवाको विषयमा।
कारबाही सिफारि : सशस्त्र प्रहरी बलका अधिकारीहरू
नारायणदत्त पौडेल : सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर।
सुरेश कुमार श्रेष्ठ : सशस्त्र प्रहरी नायव महानिरीक्षक, वाहिनीपति।
जीवन केसी : सशस्त्र प्रहरी उपरीक्षक, विपद उद्धार।
कारबाही सिफारिस राष्ट्रिय अनुसन्धान विभाग
कृष्णप्रसाद खनाल : सह–निर्देशक, उपत्यका अभियान महाशाखा।
रिबेन कुमार गच्छदार : सह–अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख।
कारबाही सिफारि : नेपाली सेनाका अधिकारीहरू
मनोज बैदवार : सहायक रथी, राष्ट्रपति भवन ९शीतल निवास० सुरक्षा टोली प्रमुख।
दिवाकर खड्का : प्रमुख सेनानी, प्रधानमन्त्री निवास ९बालुवाटार० सुरक्षा टोली प्रमुख।
गणेश खड्का : प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख।
सन्तोष ढुङ्गेल : सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख।
अन्य समूह कारबाही सिफारिस
टीओबी ग्रुप : भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरू (फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस)।
