नयाँ प्रधानमन्त्रीको रूपमा बालेनले आज शपथ लिँदै

banner

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी )रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले नयाँ प्रधानमन्त्रीको रूपमा बालेनले आज (चैत १३) शपथ लिँदै छन् । बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार