ट्रम्प भन्छन् – अमेरिकी सेना केही सातामै इरानबाट बाहिरिने छ

banner

वासंगटन, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेना दुईदेखि तीन हप्तामा इरान छाड्ने बताएका न् । उनले भनेका छन् ‘इरानले अब वर्षासम्म आणविक हतियार बनाउन नसक्ने भनेर निश्चिन्त भएपछि अमेरिकी सेनाले इरान छाड्नेछ ।’

ट्रम्पले इरान सम्झौताको निमित्त बिन्ती गरिहेको बताएका छन् । ट्रम्पको यस्तो अभिब्यक्ति ठिक त्यअघि आएको छ जतिबेला इरानका राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्दै थिए । यरानी राष्ट्रपति मसूद पेजेश्कियानले राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्ना शर्तहरू पुरा हुने कुरामा ढुक्क भए इरान युद्ध गर्न तयार रहेको बताएका छन् ।

यसैबीच इरानी संसदका राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै ट्रम्पलाई जवाफ फर्काएका छन् ‘हर्मुज जलडमरु निश्चित रूपमा पुनः खुल्नेछ । तर तपाईहरूका लागि र तपाईहरूका कारणले होइन । विश्वव्यापी उर्जा मूल्य बढनुमा इरानले जलमार्ग बन्द गरेको भनेर दोषारोपण गरिएकाले हो ।’

उता अमेरिका – इरानको यस्तो सकारात्मक संंकेत बाहिरिदा अर्कोतिर मंगलबार रातभरी इरान र इजरायलबीच युद्ध जारी रहेको छ । इरानले इजराइली सहर तेलअभिभमा दर्जन मानिस घाइते भएको समाचार आएका छन् जसमा दुई बालबालिका भम्भिर घाइते भएको समाचार छ । इरानी आक्रमणले कतारमा दुईवटा तेलट्या«ङ्करमा आगलागी भएको छन् भने युएईमा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार